नियम ९३
प्रहरी कर्मचारीको बचाउ
(१) कुनै प्रहरी कर्मचारीले ऐन वा यस नियमावली वा अरु प्रचलित कानून बमोजिम गर्नु पर्ने आनो ओहोदाको कर्तव्यपालन सम्झी गरेको कुनै सरकारी कामको सम्बन्धमा निज उपर उपनियम (२) बमोजिमको कार्यविधि नपुयाई मुद्दा चल्न सक्ने छैन ।
(२) उपनियम (१) बमोजिम कुनै पनि प्रहरी कर्मचारी उपर मुद्दा चलाउनका लागि फौजदारी मुद्दाको हकमा अख्तियारवालाको अनुमति प्राप्त हुनु पर्नेछ र देवानी मुद्दाको हकमा देहाय बमोजिम प्रक्रिया अवलम्बन गरेको हुनु पर्नेछ ः-
(क) मुद्दा चलाउने कारण तथा वादीको वारेस भएमा त्यस्तो वारेसको नाम र ठेगाना खोली लिखित सूचना अख्तियारवाला वा सम्बन्धित प्रहरीलाई बुझाएको वा हुलाकद्वारा रजिष्ट्री गरी पठाएको र त्यसको एक प्रति नक्कल केन्द्रमा पेश भएको दुई महिना नाघेको, र
(ख) मुद्दा चलाउने कारण भएको तीन महिनाभित्र मुद्दा दायर गरिसकेको ।
(३) कुनै प्रहरी बहाल छँदा आनो ओहदाको कर्तव्यपालनको सिलसिलामा गरेको कामको सम्बन्धमा बहाल टुटिसके पछि पनि केन्द्रको स्वीकृति नभई निज उपर मुद्दा चल्न सक्ने छैन ।
(४) उपनियम (३) बमोजिम मुद्दा चलाउन केन्द्रबाट स्वीकृति प्राप्त भएमा निजको प्रतिरक्षा नेपाल सरकारले गर्नेछ ।